Monday, May 25, 2026
spot_img

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

बैंकले कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको जनाएको छ।

बैंकका अनुसार कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैकिङ्ग प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास लिएको बैंकले जनाएको छ ।

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले शाखाहरु मार्फत विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको हो ।

जस अन्तर्गत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित श्री लोक प्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई न्यानो स्वेटर उपलब्ध गराएको छ । त्यस्तै बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँके सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी बितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० जना व्यक्तिहरु लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

बोनस शेयरमा कर नलगाउन महासंघको सुझाव, एकल आईजीन नै कायम राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले बोनस शेयरमा कर नलगाउन सुझाव...

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...
spot_img