अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आज बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो।
बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएपछि आजबाट यो सेवा सुरु भएको हो । यस संगै राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरु निर्वाचन कार्यालय नगई घरबाट नै अनलाइन मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन् ।
यहाँ क्लिक गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ
यसबाट अस्पतालबाट बाहिर निस्कन नमिल्नेहरु, विदेशमा भएकाहरु, कार्यालय जान नभ्याउनेहरुले सहजै नाम दर्ता गर्न सक्ने छन्।











