Saturday, May 2, 2026
spot_img
spot_img

प्रधानमन्त्रीलाई महासंघ अध्यक्ष ढकालले दिए बधाई, नीजि क्षेत्रको मनोबल बढाउने आशा

spot_img
spot_img

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भेटेरै बधाई दिएका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै अध्यक्ष ढकालले ओली निवास बालकोटमै पुगेर बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिएर फर्किदै अध्यक्ष ढकालले नयाँ सकारबाट देशमा लगानीको वातावरण बढ्ने र नीजि क्षेत्रको खुम्चिएको मनोबल उकास्ने खालका काम हुने आशा गरिएको बताएका छन् । उनले ओली नेतृत्वको सरकारबाट मुलुकको अर्थतन्त्रको विकास र निजी क्षेत्रको विस्तारका लागि सकारात्मक योगदान प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

‘अहिलेको अवस्थामा समग्र अर्थतन्त्र चलायमान बनाउन आवश्यक छ, अहिले निजी क्षेत्रको मनोबल खस्किएको अवस्था भएकाले थप लगानी विस्तार हुन सकेको छैन’ अध्यक्ष ढकालले भने, ‘लगानीको वातावरण बनाउन पनि निजी क्षेत्रको लुज भएको कन्फिडेन्सलाई बढाउन जरुरी छ, स्वदेशी र विदेशी लगानीका लागि हामीले त्यस अनुकुलको वातावरण बनाउनुपर्नेछ, नयाँ सरकारले यसतर्फ विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

भेटमा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले कानुनी र नीतिगत रुपमै निजी क्षेत्रले लगानीको वातावरण खोजेकाले यसतर्फ ओली नेतृत्वको सरकारले भूमीका निर्वाह गर्ने र नीजि क्षेत्रको मनोबल बढाउने अपेक्षा गरिएको बताएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img