नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज भिड्ने भएका छन् । यो खेल दिउँसो ४ बजे सुरु हुने छ।
एक खेल मात्र हुने दिनको खेल फ्लडलाइटमा हुने छ भने दुई खेल भएका दिनको दोस्रो खेल फ्लडलाइटमा हुने छ। प्रतियोगिता हुने किर्तिपुर क्रिकेट रंगशालामा पहिलो पटक फ्लडलाइट जडान गरिएको हो। यस संगै पहिलो पटक सो मैदानमा खेलहरु फ्लडलाइटमा हुन लागेको हो ।
यस्तो छ तालिका













