Tuesday, July 7, 2026
spot_img

दार्चुला पावर लिमिटेडको साधारणसभा आह्वान, आईपीओ निष्काशन विशेष प्रस्ताव

spot_img

दार्चुला पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १२ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो।

साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, सो को लागि पुंजी संरचना वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, समान उदेश्य रहेका पब्लिक वा प्राइभेट कम्पनीसंग मर्जर तथा प्राप्ति गर्ने, यी कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले कम्पनीले दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ५६६ करोड रहेको छ । यो अपि पावरको सहायक कम्पनी हो ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

सामान्य प्रस्तावः
१ ) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८२ / ०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

१ ) दार्चुला पावर लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा ।

२) दार्चुला पावर लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्नका लागि पूँजी संरचना वृद्धि सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।

३) कम्पनीले निर्माण तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिईएको आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु विकास, निर्माण तथा संचालनको लागि थप कर्जा आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

४) दार्चुला पावर लिमिटेडले विद्युत आयोजनाहरुको पहिचान गर्ने, सम्भाव्यता अध्ययन गर्ने र मुनाफादायी आयोजनाहरु विकास, निर्माण तथा संचालन गर्नका लागि लगानी गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५)समान उद्देश्य रहेको पब्लिक तथा प्राईभेट लिमिटेड कम्पनीलाई गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजर्नाथ कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

६ ) कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्दा तथा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन थपघट वा परिर्माजन गर्नुपर्ने भएमा कम्पनीको संचालक समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक...

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज...

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना...

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...
spot_img