Tuesday, August 25, 2026
spot_img
spot_img

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई शुक्रबार साँझ नै आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । शपथ ग्रहण कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निम्तो पठाएको छ ।

बिहान ११ बजे शपथ समारोह राखिएकाले सबै सांसदहरूलाई बिहान १०ः३० बजे भित्र राष्ट्रपतिको कार्यालयमा प्रवेश गरिसक्न भनिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...