Tuesday, July 28, 2026
spot_img

नागढुंगा सुरुङमार्ग चलाउने कम्पनी छनोट गर्न टेण्डर आह्वान

spot_img

सरकारले नागढुंगा—सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न बोलपत्र आह्वान गरेको हो ।

इच्छुक कम्पनीले पौष २ गते (२०२५, डिसेम्बर १७) सम्ममा आवेदन बुझाउनु पर्नेछ ।

आयोजनाले सडक विभागको हालकै अवस्था, अनुभव र जनशक्तिबाट उक्त सुरुङमार्ग सञ्चालन गर्न नसकिने जनाइसकेको छ । त्यसैकारण विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।

आह्वान भएको ठेक्का अनुसार छनोट भएको कम्पनीले ५ वर्ष सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्नेछ ।

सुरुङ २४सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले त्यस बखत दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक पर्ने भन्दै १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । जस अन्तर्गत सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना र सडक उपभोग दस्तुर उठाउन ५४ जना कर्मचारी खटिने छन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना मर्मतका लागि ८ जना तथा अन्य संरचना मर्मतका लागि ८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

मुख्य सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ ।

नागढुंगा सुरुङमार्गमार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img