Sunday, December 7, 2025
spot_img

एनपीएलमा उत्कृष्ट हुने तीन खेलाडीले Pulsar N160 बाइक पाउने

spot_img

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच सम्झौता भएको हो। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल (N160) पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ। सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले उक्त मोटरसाइकल प्राप्त गर्नेछन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भने – ‘पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो, एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ।’

नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए । उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने धारणा राखे।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान...

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० तत्कालीन सचिवविरुद्द मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...
spot_img
spot_img