Thursday, June 25, 2026
spot_img

३४ अंकको वृद्धिपछि नेप्से सूचक २६०० को बिन्दुमा, हाइड्रोमा आकर्षण

spot_img
spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से ३४.२२ अंकले बढेको छ। आजको वृद्धिपछि नेप्से सूचक २६००.३८ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४ सय ७३ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ । यो हबिब बैंकले आफ्नो नाममा रहेको शेयर नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गरेको हो। त्यस्तै आज राधि विद्युत कम्पनीको ३७ करोड ६० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ९.५४ प्रतिशत तथा गणपति लघुवित्तको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ। आज एनआईबिएल स्टेबल फण्डको शेयर मूल्य ५.७० प्रतिशत, सानिमा ग्रोथ फण्डको शेयर मूल्य ५.२४ प्रतिशत तथा आशा लघुवित्तको शेयर मूल्य ४.७९ प्रतिशत घटेको छ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक २.६७ प्रतिशत बढेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img