Thursday, May 7, 2026
spot_img
spot_img

ChatGPT बनाएको OpenAI ले ६० अर्ब डलरको आइपीओ ल्याउने, भ्यालुएसन १ ट्रिलियन डलर

spot_img
spot_img

कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रको अग्रणी कम्पनी तथा च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को आधार तयार परेको छ। रोयटर्सको विशेष रिपोर्टअनुसार, कम्पनीले १ ट्रिलियन अमेरिकी डलर  सम्मको मूल्यांकनमा आईपीओ ल्याउने योजना बनाएको छ। यो आईपीओ इतिहासकै सबैभन्दा ठूलो हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

कम्पनीले अमेरिकी सिक्युरिटिज नियामकसँग २०२६ को  जुलाई–डिसेम्बरको अवधिमा आईपीओ लागि आवेदन दिने बताईएको छ। कम्पनीका मुख्य वित्तीय अधिकारी सराह फ्रायरका अनुसार २०२७ मा कम्पनीलाई सूचीकृत गर्ने लक्ष्य रहेको छ। केही सल्लाहकारहरूले २०२६ को अन्त्य सम्म नै सम्भव भएको बताएका छन्।

प्रारम्भिक छलफलमा आईपीओ मार्फत कम्तीमा ६० अर्ब डलर सङ्कलन गर्ने, तर यो रकम थप बढ्न सक्ने बताईएको छ। कम्पनी वाल स्ट्रीटमा हुने निश्चित छ, जसमा न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) वा नैस्ड्याक (NASDAQ) मध्ये कुनै एक हुन सक्छ। ठूलो आकारका कम्पनीहरू प्रायः NYSE मा लिस्ट हुने गर्छन्।

यो योजना ओपनएआईका सीईओ साम अल्टम्यानको १.४ ट्रिलियन डलरको एआई पूर्वाधार निर्माण योजनालाई स्रोत जुटाउनका लागि हो। कम्पनीको हालैको वार्षिक राजस्व २० अर्ब डलर नजिक पुग्ने अनुमान छ, तर घाटा पनि बढ्दै गएको छ।

अक्टोबर २८ मा सम्पन्न पुनर्संरचना पछि कम्पनी पब्लिक बेनिफिट कर्पोरेसन बनेको छ, जसमा गैरनाफामूलक संस्थाले नियन्त्रण कायम राख्छ।  कम्पनीमा हाल ओपनएआई फाउन्डेसन (गैरनाफामूलक) को २६ प्रतिशत, माइक्रोसफ्टको २७ प्रतिशत र कर्मचारी, पूर्वकर्मचारी तथा अन्य लगानीकर्ताको ४७ प्रतिशत शेयर रहेको छ । कम्पनीको मुख्य लगानीकर्तामा माइक्रोसफ्ट, सफ्टब्याङ्क, थ्राइभ क्यापिटल, अबु धाबीको MGX आदि रहेका छन् ।

यो आईपीओले एआई क्षेत्रमा नयाँ तरङ्ग ल्याउने बताईएको छ, जसले Nvidia, क्लाउड कम्प्युटिङ र डाटा सेन्टर कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img