आज बिहिबार सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।













