आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ४२ रुपैयाँ तोकिएको छ ।













