Thursday, May 7, 2026
spot_img
spot_img

ह्यात रिजेन्सी होटेल मर्मतको काम सुरु, काम नलाग्ने सामान बेच्न प्रस्ताव आह्वान

spot_img
spot_img

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात रिजेन्सी, काठमाडौँ) मर्मतको काम सुरु भएको छ।  गत भदौ २४ गतेको आन्दोलनका क्रममा होटेलमा आगलागी तथा तोडफोड भएको थियो ।

त्यसपछि होटलको पुनःसंरचना तथा मर्मत सम्भार गर्न लागिएको हो । पुनःसंरचना तथा मर्मत सम्भारको लागि होटेल पूर्ण रुपमा बन्द गरिएको छ। पुनःसंरचना तथा मर्मत सम्भारको लागि एक वर्ष लाग्ने बताईएको छ।

कम्पनीले होटेलका कोठाहरूमा बाँकी रहेका विभिन्न चल फर्निचर, इलेक्ट्रोनिक सामग्री तथा अन्य वस्तुहरू जे-जुन अवस्थामा छन् सो अवस्थामा बिक्री गर्ने निर्णय गरेको छ। प्रचलित कानुन बमोजिम योग्य र इच्छुक बोलपत्र दाताहरूलाई कार्तिक २७ गतेसम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बौद्धस्थित रजिस्टर्ड कार्यालयमा आफ्नो प्रस्ताव सिलबन्दीमा पेश गर्न कम्पनीले सार्वजनिक सुचना जारी गरेको छ।

यस प्रयोजनका लागि इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति पश्चात् कम्पनीको रजिस्टर्ड कार्यालयमा उपस्थित भई बिक्री सम्बन्धीका सामग्रीहरूको जानकारी प्राप्त गरी बोली फाराम लिई आफ्नो प्रस्ताव पेश गर्न कम्पनीले अनुरोध गरेको छ। साथै, प्रस्तुत खरिद प्रस्तावका सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको रहने पनि कम्पनीले प्रष्ट पारेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img