आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार १ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ ।













