Monday, July 6, 2026
spot_img

६७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजना निर्माणको तयारी, ९० सालमा सक्ने लक्ष्य

spot_img

नेपाल विद्युत प्राधिकरणले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । प्राधिकरणले आफ्नो सहायक कम्पनी मार्फत आयोजना निर्माणको लागि अनुमतिपत्र माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ।

प्राधिकरणको आवेदन परेपछि विभागले प्रस्तावित दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र विद्युत विकास विभाग वा उक्त आयोजनाको कार्यालय समक्ष आफ्नो लिखित राय–सुझाव÷प्रतिक्रिया पेश गर्न आग्रह गर्दै कार्तिक ९ गते सूचना प्रकाशन गरेको छ।

कस्तो हो आयोजना ?

कोशी प्रदेश अन्तर्गत पर्ने खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ्ग नगरपालिका, ओखलढुङ्गा जिल्लाको चिसङ्खुगढी गाउँपालिका र सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिकाहरूमा अवस्थित दुधकोशी नदीको पानीको उपयोग गर्ने गरी नदीको दुबै किनारातर्फ आयोजनाका संरचनाहरू रहने गरी एउटै जलाशयमा आधारित २ वटा विद्युतगृह रहने गरी ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरिने छ। जसमा सुनकोशी बैकुखोला विद्युतगृह – ६०० मेगावाटको र ड्याम -टो विद्युतगृह-७० मेगावाटको हुने छ।

यसको डिजाइन बहाव (Design Discharge) ६०० मे.वा.का लागि २२४.४ घन मिटर प्रति सेकेण्ड र कुल हेड (Gross Head) ३३५ मीटर रहनेछ तथा बाँधको नजिकै बन्ने ७० मे.वा.को ड्याम टो बिद्युतगृहका लागि ४० घन मिटर प्रति सेकेण्ड र कुल हेड (Gross Head) २१० मीटर रहनेछ । आयोजनाबाट वार्षिक ३३७७ गिगावाट घण्टा ( GWh) विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनामा एउटै जलाशयमा आधारित २ वटा विद्युतगृह रहने छन् र आयोजनाका मुख्य संरचनाहरू ६०० मे.वा.को विद्युतगृहका लागि दुधकोशी नदीको बाँया तथा ७० मे.वा.को विद्युतगृहका लागि दुधकोशी नदीको दाँया किनारामा पर्दछन् ।

दुधकोशी नदीमा बाँध बाँधी आयोजनाको ६०० मे.वा.का लागि नदीको बाँयापट्टि निर्माण हुने intake बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू Headrace Tunnel, Surge shaft, penstock pipe हुँदै भूमिगत विद्युतगृहमा लगिनेछ र तत्पश्चात Tailrace Tunnel मार्फत पानीलाई वैकुखोलामा खसाली सुनकोशी नदीमा पठाइनेछ। साथै ७० मे.वा.का लागि नदीको दाँयापट्टि निर्माण हुने intake बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू Headrace Tunnel, Surge shaft, penstock pipe हुँदै भूमिगत विद्युतगृहमा लगिनेछ र तत्पश्चात Tailrace Tunnel मार्फत पानीलाई पुनः दुधकोशी नदीमा पठाइनेछ ।

विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन ६३० मि. लम्बाई तथा २२० मिटर अग्लो रकफिल बाँधको निर्माण गरिनेछ साथै उक्त बाँधको निर्माणबाट करिब ३१.५ कि.मि. लामो र करिब १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय (ताल) को निर्माण हुनेछ र उक्त जलाशयमा १५८.१ करोड घन मिटर पानी संचय हुनेछ । यो बाँधमा विभिन्न प्रकारका Spillway र Outlet Structures को व्यवस्था गरिनेछ। मुख्य Spillway कङ्क्रिट गेटेड प्रकारको हुनेछ जसको डिजाइन डिस्चार्ज १०,००० वर्षे Return Period का लागि ९,०२७ घन मिटर प्रति सेकेन्ड हुनेछ। यसको Sill उचाइ ६२४.० मिटर (masl) मा रहनेछ भने Crest को लम्बाइ ६०० मिटर हुनेछ । यस Spillway मा १५.० मिटर × २०.६ मिटर आकारका ४ वटा Radial Gate रहनेछन् । मुख्य Labyrinth Spillway मुक्त प्रवाह (free overflow) प्रकारको रहनेछ जसको डिजाइन डिस्चार्ज २,२५० घन मिटर प्रति सेकेन्ड हुनेछ । यस Spillway को Crest उचाइ ६४०.५ मिटर ( masl) र कुल लम्बाइ ५६.५५ मिटर रहने छ। आपतकालीन Spillway दुई भागमा विभाजित गरिनेछ । पहिलो भाग Labyrinth Weir हो जसको प्रकार मुक्त प्रवाह हो । यस Weir को डिजाइन डिस्चार्ज ३,७०० घन मिटर प्रति सेकेन्ड हुनेछ, Crest उचाइ ६४४.० मिटर (masl) मा र लम्बाइ १५४.५ मिटर हुनेछ । दोस्रो भाग Fuse Dam हो, जुन Embankment प्रकारको छ । यसको डिजाइन डिस्चार्ज ७,८०० घन मिटर प्रति सेकेन्ड हुनेछ । Fuse Dam को Crest उचाइ ६४७.३ मिटर (masl), तलको उचाइ ६३७.० मिटर (masl) र लम्बाइ १५४.५ मिटर हुनेछ ।

बाँधमा दुईवटा Horseshoe आकारका Diversion Tunnel हरू रहने छन् । हरेक Tunnel को व्यास १३.९ मिटर हुनेछ । DT1 को लम्बाइ १,११५.२ मिटर र DT2 को लम्बाइ १,२८९.६ मिटर हुनेछ । यी दुबै Tunnel मार्फत ५० वर्षे Return Period मा ३,८९२ घन मिटर प्रति सेकेन्ड कुल डिजाइन प्रवाह पार गर्न सकिन्छ । बाँधमा एक वटा Horseshoe आकारको Bottom Outlet पनि रहनेछ जसको व्यास १३.९ मिटर र अधिकतम डिस्चार्ज क्षमता २,४०० घन मिटर प्रति सेकेन्ड रहनेछ ।

त्यसैगरी, Low Level Outlet (LLO) को व्यास ९.६ मिटर लम्बाइ ९२९.३ मिटर र अधिकतम डिस्चार्ज क्षमता १,००० घन मिटर प्रति सेकेन्ड हुनेछ। Mid-Level Outlet (MLO) को व्यास क्रमशः १०.५ मिटर र १३.२ मिटर लम्बाइ ६९५ मिटर र अधिकतम डिस्चार्ज क्षमता १,००० घन मिटर प्रति सेकेन्ड रहनेछ ।

आयोजनाको ६०० मे.वा. (सुनकोशी बैकुखोला विद्युतगृह) का लागि १३.२ कि.मी. लामो र ९.३२ मि. व्यासको कङ्क्रिट गरिएको गोलाकार सुरुङ बनाइनेछ, जसको डिजाइन प्रवाह २२४.४ घन मि. / सेकेन्ड हुनेछ । सर्ज साफ्ट २० मि. व्यास र २२१ मि. उचाइको एक वटा गोलाकार रहने छ । ६.७ मि. व्यास र ५२८ मि. लामो Steel Penstock Pipe मार्फत पानीलाई भूमिगत विद्युतगृहमा पुयाइनेछ । विद्युतगृहमा ४ वटा १५० मे.वा. क्षमताका Vertical Axis Francis Turbines प्रयोग गरिने छन् । विद्युत उत्पादनपछि ३९९.४ मि. लम्बाई भएको Tailrace Tunnel बाट पानीलाई वैकुखोला हुँदै दुधकोशी र सुनकोशी नदीको दोभानभन्दा तलपट्टि सुनकोशी नदीमा पठाइनेछ।

बाँध नजिकै ७० मे.वा.को भूमिगत ड्याम टो (Dam Toe) विद्युतगृह बनाइनेछ । विद्युतगृहसम्म पानी पठाउनका लागि D-आकारको कङ्क्रिट गरिएको हेडरेस टनेल रहनेछ, जसको Dimension ८.० मिटर x ८० मिटर लम्बाइ ८५० मिटर र डिजाइन प्रवाह ४० घन मिटर प्रति सेकेन्ड रहनेछ। यसमा ७.० मिटर व्यास र १४० १५ मिटर उचाइ भएको १ वटा गोलाकार सर्ज साफ्ट रहने छ । स्टील पेन्स्टक गोलाकार प्रकारको १ वटा रहनेछ, जसको भित्री व्यास २.८ मिटर र लम्बाइ १८६.५ मिटर छ । ठाडो पेनस्टक साफ्ट पनि गोलाकार प्रकारको १ वटा रहने छ, जसको व्यास ३.६ मिटर र लम्बाइ ८२.५ मिटर हुनेछ । उक्त भूमिगत ड्याम टो विद्युतगृहमा २ वटा ३५ मे.वा. क्षमताका Vertical Axis Francis Turbines प्रयोग गरिने छन्। जसको रेटेड हेड १८२ मिटर रहने छ । विद्युत उत्पादनपछि १५१.४ मि. लम्बाई भएको Tailrace Tunnel बाट पानीलाई पुनः दुधकोशी नदीमा पठाइनेछ ।

उत्पादित विद्युत ऊर्जालाई ४०० के.भी. डबल सर्किट विद्युत प्रसारण लाइनबाट ढल्केबर सबस्टेसनमा जोडिने छ। जसमा ACSR मूज प्रकारको कन्डक्टर प्रयोग गरिनेछ र प्रत्येक फेजमा क्वाड बन्डल रहनेछ । धितुङस्थित मुख्य विद्युतगृह संगैको सबस्टेसनदेखि ढल्केबर सबस्टेसन सम्मको लम्बाइ ८२ किलोमिटर हुनेछ । आयोजनाको ७० मे.वा. ड्याम – टो विद्युतगृहको स्विचयार्डदेखि चिसङ्खुगढी गाउँपालिका वडा नं. ६ हुँदै जाने प्रस्तावित अरुण हव (सितलपाटी) – तिङ्गला-दूधकोशी ४०० के.भी. प्रसारण लाइन आयोजनाको भदौरेस्थित पर्ने टावरहरू नजिक पर्ने प्रस्तावित भदौरे स्विचिङ स्टेसन (LILO) सम्मको १.६ किलोमिटर लम्बाइको प्रसारण लाइन निर्माण गरिने छ । यस प्रसारण लाइनमा तीन वटा सबस्टेसन रहनेछन् । तीमध्ये एउटा मुख्य विद्युतगृह नजिक र दुई वटा ड्याम टो विद्युतगृह नजिक रहनेछन् ।

प्रस्तावित आयोजनाको बाँध क्षेत्रभन्दा तल्लो तटिय क्षेत्रमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरुवाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार दुधकोशी नदीमा कम्तीमा ३० घन मि. प्रति सेकेण्ड पानी छाड्ने प्रस्ताव गरिएको छ ।
यो आयोजनाको मिति २०९० साल असारदेखि विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ।

कुन संरचना कहाँ रहन्छ ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img