आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ६ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ ।













