Monday, July 6, 2026
spot_img

आयोनको नयाँ ह्याचब्याक नेपाल भित्र्याउँदै सीजी मोटर्स, सेग्मेन्टकै कम मूल्यमा आउने दाबी

spot_img

आयोनको नयाँ ह्याचब्याक कार चाँडै नेपाल आउने भएको छ । चिनियाँ गाडी उत्पादक कम्पनी जएसी आयोनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आयोन युटी ह्याचब्याक नेपाल ल्याउने भएको हो ।

१०० किलोवाट मोटर पावर भएको उक्त ह्याचब्याक तिहार लगत्तै नेपाली बजारमा ल्याउने तयारीमा कम्पनी रहेको छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

अन्य विशेषता र यसको कुन भेरियन्ट नेपाल आउँछ भन्ने बारे अहिले नै सार्वजनिक गरिएको छैन । तर, अहिले नेपाली बजारमा बिक्री भइरहेका ह्याचब्याकको तुलनामा निकै कम मूल्यमा आयोनको नयाँ ह्याचब्याक सार्वजनिक हुने विश्वास लिइएको छ ।

अहिले ‘आयोन वाई’ र ‘आयोन भी’का डिलरहरुले आयोनको नयाँ ह्याचब्याक आएपछि आक्रामक ब्यापार गर्न सक्ने सीजीको विश्वास छ । फिचर्स र मूल्यका आधारमा उक्त ह्याचब्याक नेपाली उपभोक्ताको रोजाई भन्ने विश्वासमा कम्पनी देखिन्छ ।

अहिले सीजी मोटर्समार्फत काठमाडौँ बाहिर विराटनगर, धरान, पोखरा, नेपालगन्ज लगायतका शहरमा ‘आयोन वाई’ र ‘आयोन भी’का डिलर छन् । कम्पनीले चाँडै बिर्तामोड, जनकपुर, बीरगन्ज, हेटौँडा, बुटवल र धनगढीमा पनि डिलर दिँदैछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img