Thursday, May 7, 2026
spot_img
spot_img

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनाल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहितको नेपाली प्रतिनिधिमण्डलसँगै महासंघका अध्यक्ष ढकालले सो बैठकमा सहभागिता जनाएका हुन् ।

बैठकका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह र अन्तर्राष्ट्रिय वित्त निगम (आइएससी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता पनि गरेका छन् ।

“विश्व बैंक वार्षिक बैठक २०२५ मा आफ्ना आर्थिक प्राथमिकताहरू र वैश्विक साझेदारीका विषयहरु प्रस्तुत भएका छन् । हामीले पनि हाम्रा धारणा सशक्त रूपमा राखेका छौं । विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन, तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भएको छ” अध्यक्ष ढकालले भने ।

सो अवसरमा अध्यक्ष ढकालले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु, आईएफएफका पूर्व प्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (इसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेट गरेका थिए ।

सो अवसरमा उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता, तथा दिगो लगानीका अवसरहरूबारे छलफल गरेका छन् ।

२५औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको र यी छलफलहरूले सहकार्य र लगानीलाई वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

यस्ता अन्तर्राष्ट्रिय बैठकहरूमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन मद्दत पुर्‍याउने भन्दै अध्यक्ष ढकालले यसबाट नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रको रूपमा स्थापित गर्ने विश्वास व्यक्त पनि गरे ।

ती बैठकहरूले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम स्थापित गरेको महासंघले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img