Monday, July 6, 2026
spot_img

दुई उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

spot_img

डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

यसैगरी, रु १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिइ रु ६३ लाख बुझाएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img