पिपुल्स हाइड्रोपावर लिमिटेडको २ करोड ६५ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ मङ्सिर ५ गते समाप्त हुने भएको छ ।
कम्पनीको संस्थापकले धारण गरेको २ करोड ४० लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको २३ लाख ९३ हजार ६ सय १० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको १ लाख ६८ हजार १ सय ९० कित्ता गरि कुल २ करोड ६५ लाख ६१ हजार ८ सय कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।









