Saturday, June 20, 2026
spot_img

टि २० विश्वकपको लागि युएई पनि छनौट, यी हुन् प्रतियोगिता खेल्ने नेपालसहितका २० देश

spot_img
spot_img

युएईले पनि आगामी टि २० विश्वकपमा स्थान पक्का गरेको छ ।  आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा जापानलाई ८ विकेटले पराजित गर्दै युएईले विश्वकपको अन्तिम स्थान पक्का गरेको हो ।

एसिया तथा इस्ट एसिया पेसिफिक छनोटबाट नेपाल र ओमानले हिजो नै विश्वकपको लागि स्थान पक्का गरिसकेका छन् । यस छनौटबाट सुपर सिक्सको शिर्ष ३ मा रहदै नेपाल, ओमान र युएईले विश्वकपमा स्थान पक्का गरेका हुन् । यस अघिको विश्वकपमा नेपालले युएईलाई पराजित गर्दै नेपालले मात्र विश्वकपमा स्थान पक्का गरेको थियो । अब आउने विश्वकपको लागि भने नेपाल र युएई दुवै छनौट भएका छन् ।

सन् २०२६ को टि २० विश्वकप भारत र श्रीलंकामा हुने छ र २० टिम सहभागी हुने छन्। आजको खेल संगै विश्वकप खेल्ने सबै टिम टुंगो लागेको छ ।

यी हुन् आगामी टि २० विश्वकपको लागि छनौट भएका २० देश :

  • भारत
  • श्रीलंका
  • अफगानिस्तान
  • अष्ट्रेलिया
  • बंगलादेश
  • इंग्ल्यान्ड
  • दक्षिण अफ्रिका
  • संयुक्त राज्य अमेरिका
  • वेस्ट इन्डिज
  • आयरल्यान्ड
  • न्युजिल्यान्ड
  • पाकिस्तान
  • क्यानाडा
  • इटाली
  • नेदरल्यान्ड्स
  • नामिबिया
  • जिम्बाब्वे
  • नेपाल
  • ओमान
  • युएई

यी २० देशलाई हरेक समूहमा ५ देश रहने गरि ४ समूहमा विभाजन गरिने छ । समूहमा रहेका सबै देशले आफ्नो समूहमा रहेका अन्य देशसँग समान १-१ खेल खेल्ने छन् । त्यसपछि हरेक समूहको शिर्ष स्थानमा रहने २ टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् । यसरी कुल ८ देश दोस्रो चरणमा पुग्ने छन् । यी ८ देशलाई ४/४ देश रहने गरि दुई समूहमा विभाजन गरिने छ। जसमा समूहमा रहेका सबै देशले आफ्नो समूहमा रहेका अन्य देशसँग समान १-१ खेल खेल्ने छन् । त्यसपछि हरेक समूहको शिर्ष स्थानमा रहने २ टिम गरि कुल ४ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

समूह विभाजन र कुन समूहले कुन देशमा (भारत वा श्रीलंका) मा खेल्ने भन्ने टुंगो भने आईसीसीले समूह विभाजन गरेपछि थाहा हुने छ। तर पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्ने छ। यदि पाकिस्तान फाइनल पुगेमा फाइनल खेल पनि श्रीलंका मै हुने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img