आज बिहिबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १५ हजार १ सय ५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय ८ रुपैयाँ तोकिएको छ ।













