नेपालले आगामी टि २० विश्वकपमा स्थान पक्का गरेको छ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको २ खेल बाँकि हुँदै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो।
युएईले सामोआलाई ७७ रनले पराजित गरेसंगै एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको शिर्ष ३ मा नेपाल पर्ने निश्चित हुँदै सन् २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेको हो। नेपालसंगै ओमानले पनि विश्वकपको लागि स्थान पक्का गरेको छ। यस संगै नेपालले लगातार दोस्रो टि २० विश्वकप खेल्ने भएको छ।
अब नेपालले एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको बाँकि २ खेल खेल्दै यस प्रतियोगिताको उपाधि जित्ने प्रयासमा हुने छ । प्रतियोगीतामा अब नेपालले ओमान र सामोआसँग खेल्ने छ, जसमा ओमान सँग आज साँझ ८:४५ मा खेल हुदैछ।
नेपालले यस अघि सन् २०२४ मा पनि टि २० विश्वकप खेलेको थियो। जसमा नेपालले साउथ अफ्रीकासँग १ रनले पराजित भएको थियो भने बंगलादेशसँग २१ रन तथा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको खेल भने वर्षाले रद्द भएको थियो।
सन् २०२६ को टि २० विश्वकप भारत र श्रीलंकामा हुने छ र २० टिम सहभागी हुने छन्।












