Wednesday, July 29, 2026
spot_img

गभर्नरको लागि भेटिएन भने जस्तो घर, राष्ट्र बैंकले थप्यो प्रस्ताव गर्ने म्याद

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर बस्नको लागि भने जस्तो घर नभेटिएपछि राष्ट्र बैंकले घर भाडाको लागि प्रस्ताव पेश गर्ने अवधि थप गरेको छ । राष्ट्र बैंकले गभर्नरको आवासको लागि घर भाडामा लिने सम्बन्धमा गत असोज १२ गते सूचना प्रकाशित गरी असोज २७ गतेसम्म घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्न आव्हान गरेको थियो।

तर भने जस्तो घर नभेटिएपछि राष्ट्र बैंकले घर भाडाको लागि प्रस्ताव पेश गर्ने अवधि थप गरेर कार्तिक १६ गतेसम्म पुर्याएको छ । राष्ट्र बैंकले तोकेअनुसारको घर भएका र भाडाको लागि दिन इच्छुक रहेका घरधनीले कार्तिक १६ गतेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्न सक्ने छन्।

जेन्जी आन्दोलनको क्रममा गभर्नरको घर जलेको थियो । त्यस पछि राष्ट्र बैंकले  नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ संसोधन समेत) को विनियम ९० को उप विनियम (१) अनुसार गभर्नरको लागि भाडामा घर खोजेको हो।

राष्ट्र बैंकले ललितपुर जिल्ला, ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार/जीप पार्किङ्ग गर्न मिल्ने, आर. सि. सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ्ग हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन ( Guard House) को व्यवस्था भएको, सुरक्षित कम्पाउण्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा विजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रवन्ध भएको २.५ तला देखि ३ तलासम्मको घर खोजेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img