Tuesday, June 23, 2026
spot_img

निर्यात बापतको नगद अनुदान बन्द नगर्न चेम्बरको आग्रह

spot_img
spot_img

सरकारले निर्यातबापत उद्योगीहरुले पाउने नगद अनुदान बन्द गरेपछि नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासँग भेट गरी निर्यात अनुुदान बन्द नगर्न आग्रह गरेको हो ।

आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरको ठहर छ ।

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो ।

आन्दोलनबाट गम्भीर रुपमा प्रभावित उद्योग र व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुुलियत दरमा कर्जा उपलव्धता एवं पुर्ननिर्माणको क्रममा उद्यमी, व्यवसायीले आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुुट र अन्तशुल्क छुटको व्यवस्था तथा दुु्रत गतिमा बीमा दाबी फस्र्यौट गर्ने नीतिगत व्यवस्थाहरुको चेम्बरले स्वागत गरेको छ ।

यस्तै मुुल्याङकनको आधार कारोबार मुल्य हुनुपर्ने र सन्दर्भ पुुस्तिका हटाईनुपर्ने चेम्बरले लामो समयदेखि उठाउँदै आएको मागलाई हाल सम्बोधन गरिएको र विराटनगर भन्सार कार्यलयबाट अनलाईन मुुल्याङकन प्रणालीको सुुरुवात गरिएकोमा चेम्बरले स्वागत गरेको छ ।

चेम्बरले ऐन कानूनमा स्पष्टताको अभावले दवावमुुलक ढंगबाट कर उठाउने प्रवृत्तिको अन्त्य गर्न पनि सरकार समक्ष आग्रह गरेको छ ।

जेनजी आन्दोलनको मर्म अनुसार युवा उद्यमीहरुलाई छिटो र सजिलो कर्जाको पहुँच दिन र सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै व्यवसाय दर्ता, कर तथा लाईसेन्स सम्बन्धि प्रक्रियाहरुलाई पारदर्शी, डिजिटल मैत्री र सरल बनाउन चेम्बरले सुुझाव दिएको छ ।

मुलुकमा ५० प्रतिशत भन्दा बढी युवा जनशक्ति रहेको भन्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याएर आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने बताए ।

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले निजी क्षेत्रमा सुरक्षाको प्रत्याभूति सहित लगानी मैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई निकास दिन सरकार प्रयासरत रहेको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img