Saturday, June 20, 2026
spot_img

१२ वर्षपछि विश्वकपमा छनौट भयो अल्जेरिया, स्थान पक्का गर्ने देशको संख्या २० पुग्यो

spot_img
spot_img

अल्जेरियाको फुटबल टिमले इतिहास रच्दै फिफा विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गरेको छ। सोमालीमाथि ३–० को सहज जितसँगै ‘डेजर्ट फक्स’ नामक यो टिमले अफ्रिकी छनोट समूह जी को शीर्ष स्थान कायम राखेको हो।

यो जितले अल्जेरियालाई १२ वर्षपछि विश्वकप फर्कने अवसर प्रदान गरेको छ। अल्जेरियाले यस अघि सन् २०१४ को विश्वकप खेलेको थियो, जसमा अन्तिम १६ सम्म पुगेको थियो ।

मिलाउद हादेफी ओलम्पिक कम्प्लेक्समा भएको खेलमा अल्जेरियाका कप्तान रियाद मह्रेजले मुख्य भूमिका निर्वाह गरे। मह्रेजले १९औं मिनेटमा शक्तिशाली प्रहारबाट पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि उनले नै छैटौं र ५८औं मिनेटमा मोहम्मद अमुरालाई असिस्ट गरे, जसले दुई गोल गरे। यो जितसँगै अल्जेरियाले ९ खेलमा ७ जित, १ बराबरी र १ हारबाट २२ अंक जोडेको छ।

स्विट्जरल्यान्डका पूर्व प्रशिक्षक भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको यो टिमले अफ्रिकाबाट चौथो टिमको रूपमा विश्वकप यात्रा सुरु गर्नेछ। यसअघि मोरक्को, ट्युनिसिया र इजिप्टले स्थान पक्का गरिसकेका छन्। अफ्रिकी महादेशबाट कुल ९ टिमले सीधा स्थान पाउने छन् भने एक टिमले प्ले–अफबाट अवसर पाउनेछ।

अल्जेरियाले विश्वकपमा पाँचौं पटक सहभागिता जनाउन लागेको हो। यसअघि १९८२, १९८६, २०१० र २०१४ संस्करणमा खेलेको यो टिमले २०१४ मा जर्मनीसँग अतिरिक्त समयमा २–१ ले हारेको थियो। म्यानचेस्टर सिटीका पूर्व खेलाडी मह्रेजले यो सफलतामा खुशी व्यक्त गर्दै भने, “यो जित हाम्रो राष्ट्रिय टिमको लागि ऐतिहासिक छ। हामीले कडा मेहनत गरेका थियौं र अब विश्वकपमा राम्रो प्रदर्शन गर्ने छौं।”

विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ।   यो ४८ टिम सहभागी हुने विस्तारित संस्करण हुनेछ।  विश्वकपको लागि हालसम्म २० देश छनौट भएका छन् ।

हालसम्म छनौट भएका देशहरु :

  • क्यानडा
  • मेक्सिको
  • संयुक्त राज्य अमेरिका
  • जापान
  • न्युजिल्यान्ड
  • इरान
  • अर्जेन्टिना
  • उज्बेकिस्तान
  • दक्षिण कोरिया
  • जर्डन
  • अष्ट्रेलिया
  • ब्राजिल
  • इक्वाडोर
  • उरुग्वे
  • कोलम्बिया
  • प्याराग्वे
  • मोरक्को
  • ट्युनिसिया
  • इजिप्ट
  • अल्जेरिया
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img