शुक्रबार रातीदेखि देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित प्रणालीले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा गराइरहेका कारण असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित ४० जिल्लामा बाढीको उच्च जोखिम छ ।
वर्षाको दर बढ्दै गएको र यो क्रम अझै जारी रहने भन्दै मौसम विभागले सतर्कता अपनाउन भनेको छ । काठमाडौं उपत्यका भित्रका नदीमा पनि पानीको सतक बढ्दै गएको छ ।
यी जिल्ला छन् उच्च जोखिममा
सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा पनि अति उच्च जोखिममा छन् ।
इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।
गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् ।
कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया भने मध्यम जोखिममा छन् ।