Saturday, May 9, 2026
spot_img

सहकारी पीडितको रुवाबासीः सम्पत्ति लिलाम हुन नदिनु, सञ्चालकका तीन पुस्ता विदेश जान नपाउन्

spot_img
spot_img

सहकारीका सञ्चालकहरुले बचत अपलचन गरिदिएपछि पीडित बनेका बचतकर्ताले संसदीय छानबिन समितिमा आएर आफ्ना गुनासा पोखेका छन् । सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको बारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा आएर पीडितहरुले बैङ्कबाट सहकारीको सम्पत्ति लिलाम हुन नदिन र बचतकर्ता ठग्ने सहकारीका सञ्चालकका तीन पुस्तालाई विदेश जान नदिन आग्रह गरेका छन् ।

संसदीय छानबिन समितिका सभापति सुर्य थापाका अनुसार सहकारी संस्थाको वचत अपचलनमा परी पीडित व्यक्तिहरूसँग प्रतिनिधिमूलक छलफल गरिएको र छलफलमा विभिन्न सहकारीबाट पीडित बनेका ३२ जनाले आफ्नो धारणा राखेको जानकारी दिएका छन् ।

छलफलमा सहभागी कान्तिपूर सहकारीबाट ठगिएका एक जना कचतकर्ताले सहकारीले आफ्नो नाममा किनेको जग्गा र सहकारीका सञ्चालकको नाममा रहेको जग्गा बैङ्कमा धितोका रुपमा रहने र अहिले त्यस्तो जग्गा बैङ्कले लिलामी गर्दा बचतकर्ताले बचत रकम फिर्ता नपाउने जोखिम रहेको भन्दै बैङ्कलाई सहकारीको सम्पत्ति लिलाम गर्न नदिन आग्रह गरेका छन् ।

बागलुङको इमेज बचत तथा ऋण सहकारीबाट पीडित बनेका अर्का व्यक्तिले पनि सहकारी सञ्चालक, तिनका परिवार र सहकारीका उच्च तहका कर्मचारीको नाममा रहेको अधिकांश जग्गा बैङ्कमा धितोको रुपमा रहने र त्यो जमिन बैङ्कले लिलामी गर्न थालेपछि सहकारीका बचतकर्ताको पैसा फिर्ता नआउने जोखिम रहेको गुनासो गरे ।

यस्तै, ओरेन्टल सहकारीबाट पीडित बनेका एक बचतकर्ताले निक्षेपकर्तालाई ठग्ने सहकारीको सम्पत्ति सरकारले कब्जा गरेर त्यसलाई बिक्री गरेर वा लिलाम गरेर बचतकर्ताको बचत फिर्ता गर्ने वातावरण बनाउन माग गरेका छन् ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको तेह्रौ बैठकमा स्वर्णलक्ष्मी, सूर्य दर्शन, इमेज, सहारा, सुप्रिम, सानोपाइला, सुमेरू, शिवशिखर, नागरिक विकास, तुलसी, क्यापिटल, उपलब्धि, देउराली, गोरखा, कान्तिपुर, पशुपति, ओरेन्टल, आइडियल यमुना र गौतमश्री सहकारीबाट पीडित बनेका ३२ जना प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैनः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सबै...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका...

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...
spot_img