Saturday, May 2, 2026
spot_img
spot_img

यस्तो छ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकिएको सार्वजनिक सूचना

spot_img
spot_img

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्कालको लागि रोकिएको छ । संसदको सार्वजनिक लेखा समितिले कम्पनीको आईपीओको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५ बुँदे स्पष्टिकरण सोधेपछि बोर्डको बुधबारको निर्णय अनुसार आईपीओ तत्कालको लागि रोकिएको हो ।

आईपीओको लागि बिक्री प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै आईपीओ रोक्का भएको जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डको मिति २०८१ /०३ /२६ गतेको पत्रबाट ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले निष्काशन गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न आदेश भएको सूचनामा उल्लेख छ ।

कम्पनीले २०८१ असार १९ गते कारोबार दैनिक पत्रिकामा प्रकाशित आह्वान पत्रानुसार २०८१ साल असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहीरहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको थियो ।  तर बोर्डको आदेशानुसार अर्को निर्णय नभएसम्मको लागि आईपीओ रोक्का राखिएको  छ।

विशेषगरी कम्पनीको आईपीओको मूल्य के को आधारमा तय गरिएको, र योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशनको बेला भन्दा अहिले कम्पनीको वित्तीय अवस्था खस्किएको, योग्य संस्थागत लगानीकर्ता र कम्पनीबीच स्वार्थ बाझिएको छ कि छैन लगायतका विषयमा लेखा समितिले प्रश्न उठाएको थियो ।

यस अघि : यी १८ संस्थागत लगानीकर्ता जसले रिलायन्सको आईपीओमा ९१२ रुपैयाँ हाले, को सँग कति शेयर?

रिलायन्सको आईपीओ रोकियो, के भन्छन् सञ्चालक ?

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img