Saturday, June 20, 2026
spot_img

वेस्ट इन्डिजसँग क्रिकेट खेल्न नेपाली टोली सोमबार प्रस्थान गर्ने, युएईले दियो भिसा

spot_img
spot_img

वेस्ट इन्डिजसँगको क्रिकेट सिरिज खेल्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम असोज ६ गते युएईको लागि प्रस्थान गर्ने भएको छ। टिम यस अघि नै युएई प्रस्थान गर्ने तयारी गरेकोमा भिसा नआउँदा खेलाडी नेपालमै रोकिएका थिए भने प्रशिक्षक पुगिसकेका थिए।

अब भने सबै खेलाडीको भिसा आईसकेकोले नेपाली खेलाडीहरु ६ गते युएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

 नेपाल र वेस्ट इन्डिजबीच टी-२० अन्तर्राष्ट्रिय शृङ्खला हुन लागेको हो। यो तीन खेलको शृङ्खला संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७, २९ र ३० तारिखमा आयोजना हुने छ।

यो शृङ्खला नेपालका लागि आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीको रूपमा महत्वपूर्ण छ, जसमा नौ टिमबीच तीन स्थानका लागि प्रतिस्पर्धा हुने छ। वेस्ट इन्डिजका लागि भने यो २०२६ टी-२० विश्वकपअघिको फाइन ट्युनिङको अवसर बन्नेछ।

नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img