Wednesday, May 6, 2026
spot_img
spot_img

जेनजीको आवरणमा ठूलो रोजगारदातामाथि आक्रमणः भाटभटेनीका १२ आउटलेट खरानी

spot_img
spot_img

जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा भाटभटेनी सुपरमार्केटका देशभरका १२ वटा आउटलेट पूर्णरूपमा जलेका छन् । भाटभटेनीका अनुसार अरु ९ वटा आउटलेटमा तोडफोड र लुटपाट भएको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, विर्तामोड, दमक, विराटनगर र धरानका आउटलेटहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।

कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा आउटलेटमा भने तोडफोड र लुटपाट भएको छ छ ।

टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युडब्लयुटिसी, पाटन र नेपालगञ्जका आउटलेटमा भने क्षति नभएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत पौडेलले जानकारी दिएका छन् ।

कुल क्षतिको विवरण संकलन गर्न ४ हप्तासम्म समय लाग्न सक्ने जनाइएको छ । यद्यपी, कुल कारोबारको ८० प्रतिशत हिस्सा ओगट्ने २१ आउटलेटहरुमा क्षति हुँदा १५ सयभन्दा बढीले रोजगारी गुमाएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img