राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बझाङ-बनलेक-दोदोधारा ४०० केभी विद्युत प्रसारण लाइन सार्वजनिक-निजी साझेदारीमा बनाउनको लागि प्रस्ताव आह्वान गरेको छ। कम्पनीले आयोजना निर्माणको लागि स्वपूंजीको कम्तिमा ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत निजी प्रवर्द्धक / पब्लिक कम्पनीहरुको लगानी रहने गरी साझेदारीको लागि प्रस्ताव आह्वान गरेको हो ।
यस साझेदारीको लागि इच्छुक रहेका कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको सरकारी/अर्धसरकारी/निजी प्रवर्द्धक / पब्लिक कम्पनीलाई १५ दिनभित्र आशयपत्र प्रस्ताब पेश गर्न भनिएको छ।
बझाङ्ग – बनलेक दोदोधारा ४०० के.भी. विद्युत प्रसारण लाइन आयोजना (पश्चिम सेती कोरिडोर ) र ४००/१३२ के.भी. का २ ओटा GIS सबस्टेशन: चैनपुर सबस्टेशन र बनलेक सबस्टेशन यस आयोजना अन्तर्गत पदर्छ । चैनपुर सबस्टेशनको क्षमता १६० एमभीए र बनलेक सबस्टेशनको क्षमता ३१५ एमभीए हुने छ । आयोजनाको अनुमानित लागत २० अर्ब रहेको छ।
प्रसारणलाइन सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका-१, हम्मरसेनको चैनपुर सबस्टेशन हुदै डोटी जिल्ला, शिखर नगरपालिका- १०, स्थित बनलेक सबस्टेशन हुदै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका-३ को दोदोधारा सबस्टेशन सम्म रहने छ ।









