Friday, June 19, 2026
spot_img

नेपालमै प्रिमीयम क्वालिटीको सोफा उत्पादन गरिरहेको ‘इन्–बिल्ड डेकोर’

spot_img
spot_img

नेपालमै स्तरीय र प्रिमीयम क्वालिटीका सोफा उत्पादन भइरहेको छ । इन्–बिल्ड डेकोरले युरोपियन देशहरुमा उपलब्ध हुने क्वालिटीको सोफा नेपालमा नै बनाइरहेको छ । ‘बेस्ट क्वालिटी म्याटेरियल्स’ प्रयोग भएर बनाइने सोफाहरु अहिले नेपालभरी उपलब्ध छन् ।

सन् २०२३ को अन्तिमतिर अमन साह र सुरज हुसेनले नेपालमै उच्च गुणस्तरीय सोफा उत्पादन गर्न सकिन्छ भनेर काम सुरु गरेका थिए । २०२३ को नोभेम्बरबाट हरिसिद्धीस्थित फ्याक्ट्रीबाट उत्पादन सुरु भयो । इन्–बिल्ड डेकोरले उत्पादन गरेका सोफाहरु अहिले देशैभर उपलब्ध छन् ।

उच्च माग

इन्–बिउल्ड डेकोरका सोफाको माग देशैभरी बढ्दै गइरहेको छ । बजारमा प्रति सिट ८ हजार, १० हजारमा पनि सोफा नपाउने होइन । तर, त्यस्ता सामान गुणस्तरयुक्त हुँदैनन् । ‘हामीसँग प्रतिसिट १६ हजार मूल्यबाट सुरु हुने प्रिमीयम क्वालिटीका सोफा छन्, स्टाइलिस र मोडर्न डिजाइनका सोफाहरु उत्पादन गर्छौँ’ सीईओ हुसेनले भने, ‘प्रति सिट ३० हजारसम्म मूल्य पर्ने आधुनिक र प्रिमीयम सोफाहरु हामीले उत्पादन गर्दै आएका छौँ ।’

उनका अनुसार क्वालिटीमा ध्यान दिने ग्राहकका लागि यो मूल्य धेरै ठूलो होइन । कम गुणस्तरका सामान किन्नुभन्दा अलिकति मूल्य थपेर उच्च गुणस्तरका सामान नै किन्नुपर्छ भन्ने जागरण अहिले उपभोक्तामा पनि आइसकेको उनको भनाइ छ ।

‘अहिले हाम्रो सोफा देशैभर उपलब्ध छ, माग पनि बढिरहेको छ’ उनले थपे, ‘काठमाडौँ उपत्यकामा निकै उच्च माग छ । साथै, नेपालका मुख्य शहरसहित पहाडी जिल्लाहरुमा पनि राम्रो माग छ ।’ हालसम्म विभिन्न होटल तथा रेष्टुरेन्टमा इन्–बिल्ड डेकोरका सोफा राखिएका छन् ।

उद्योगमा अहिले ६ जना दक्ष कामदार छन् । तिमध्ये एक जना भारतीय छन्, जसले मुख्य प्राविधिकको रुपमा काम गर्दै आएका छन् । अब उद्योगको क्षमता बढाउने सोचमा लगानीकर्ताहरु छन् ।

यस्तै, उपभोक्ताले आफूले चाहेको डिजाइनमा पनि सोफा बनाउन सक्छन् । यदि कसैले आफूले यस्तो डिजाइन चाहेको छु भनेर दिएको खण्डमा इनबिल्ड डेकोरले उक्त डिजाइन अनुसार पनि सोफा तयार पारिदिन्छ ।

दशैँ अफर

इन्–बिल्ड डेकोरले दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्वलाई लक्षित गरेर अफर पनि ल्याएको छ । मध्यम आय स्तर भएका ग्राहकहरुले उच्च गुणस्तरको सोफा खरिद गर्न सकुन् भनेर १२ प्रतिशत छुट दिने अफर ल्याएको छ ।

छुट पश्चात यसअघि प्रति सिट १६ हजार रुपैयाँ पर्ने सोफा अब प्रति सिट १४ हजारमा उपलब्ध हुनेछ । यस आधारमा छुट अवधिभरी अब ५ सिटको सोफा सेट ८० हजारको सट्टा ७० हजारमै उपलब्ध हुनेछ । सबै खालका सोफा (१६ हजार, ३० हजार प्रति सिट मूल्य भएका)मा १२ प्रतिशतका दरले छुट पाइने भएकाले दशैँमा सस्तोमा गुणस्तरीय सोफाको खोजीमा रहेका ग्राहकहरुका लागि इन् बिल्ड डेकोर गन्तव्य बन्न सक्छ ।

उद्योगले दशैँका लागि मात्रै ३५ देखि ४० लाखको सोफा सेट बिक्री गर्ने लक्ष्य लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...
spot_img