अपि पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्का एमएसएमई अनर्स अवार्डबाट सम्मानित भएकी छिन् । ट्याली सोलुसन्सले आयोजना गरेको अवार्डमा वोन्डर वोमेन विधामा खड्का सम्मानित भएकी हुन्।
शुक्रबार हायात रिजेन्सी होटेलमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो। विशेष गरी महिलाहरूले सञ्चालन गरेका व्यवसायहरूलाई सम्मान गर्नको लागि “Wonder Women” विधा राखिएको छ, जसमा कठिनाइहरूको बावजुद पनि आफ्नो व्यवसायमा सफलता हासिल गरेका महिलाहरुलाई सम्मान गरिन्छ।

खड्का सहित ६ जनाले विभिन्न विधामा यस अवार्ड पाएका छन् । यो पुरस्कारले उद्यमीहरूलाई प्रोत्साहन मात्र नभई, उनीहरूलाई उद्योग मञ्चहरू, व्यापारिक फोरमहरू र नेटवर्किङ अवसरहरू मार्फत आफ्नो व्यवसायलाई थप विस्तार गर्ने अवसर पनि प्रदान गर्ने बताईएको छ।









