Wednesday, July 8, 2026
spot_img

नेपाल र कोरियाबीच ऊर्जा सहकार्यका विषयमा छलफल

spot_img

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ।

भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे।

सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत विस्तृत कुराकानी भएको छ।

मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिवद्धता जनाए । उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे।

दुवै पक्षले GICC 2025 मार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...
spot_img