आज भदौ ८ गते आईतबार ६ घण्टासम्म मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मेरो शेयर तथा सि-आस्बा प्रणालीहरूको डाटाबेस अपग्रेडेसन गर्ने भएकोले सो समयमा सेवा अवरुद्द हुने भएको हो ।
सिडिएसका अनुसार आज भदौ ८ गते साँझ ५.३० बजे देखि अपग्रेडेसन तथा माईग्रेसन सम्बन्धी कार्य सम्पन्न हुने अवधि सम्म (करिब ६ घण्टा ) मेरो शेयर तथा सि-आस्वा सेवा अवरुद्ध हुन सक्नेछ । उक्त कार्य सम्पन्न भए पश्चात् सम्पूर्ण सेवा हरू पूर्ववत् रूपमा सञ्चालन हुने सिडिएसले जनाएको छ।











