Friday, May 1, 2026
spot_img
spot_img

विनय उपाध्याय युगान्डाको अवैतनिक वाणिज्य दूत नियुक्त

spot_img
spot_img

नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन् । उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेको हो ।

उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयको नियुक्ति पश्चात उनले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए ।

उनले भने “म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु,” ।

उनको नियुक्तिले युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...

सरकारले ल्याएको सहकारी अध्यादेशमा के छ ?

सरकारले सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउने उदेश्यले अध्यादेश ल्याएको...

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरबीच भेटवार्ता

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि...

नेप्सेले सिडिएसमा तत्काल नयाँ संचालक नपठाउने, महिला कर्मचारी नै पठाउनु पर्ने बाध्यता

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रबन्ध...

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...
spot_img