Thursday, May 7, 2026
spot_img
spot_img

बजार गुमाउँदै नेपाली सिमेन्ट, कुटनीतिक पहल कमजोर हुँदा खस्किँदै निर्यात

spot_img
spot_img

सरकारले राष्ट्रिय व्यापार रणनीति (NTIS) मार्फत सिमेन्टलाई निर्यात प्राथमिकताको सूचीमा राखे पनि नेपाली सिमेन्टको निर्यात भने कमजोर बन्दै गएको देखिएको छ । मुलुकभित्र सिमेन्टको उत्पादन बढ्दो भएपनि निर्यात क्रमशः खस्किँदै जाँदा बजार गुम्ने चिन्तामा उद्योगीहरु देखिएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगको कुल उत्पादन क्षमता वार्षिक २५ मिलियन टन पुगेको अनुमान छ । तर, घरेलु माग भने ८ देखि १२ मिलियन टनमा मात्रै सीमित छ । यसकारण अहिले पनि धेरै उद्योगहरु आधा क्षमतामा मात्रै चल्दै आएका छन् ।

उद्योगीहरूको भनाइमा, उत्पादन क्षमता बढ्दो छ तर, बजार संकुचित हुँदै जाँदा लागत उच्च हुँदै गएको छ । क्षमताको पूरा उपयोग नहुँदा प्रति टन उत्पादन खर्च बढ्ने र निकासी गर्दा पनि भारतीय बजारमा त्यहाँका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनेको छ । “मागभन्दा धेरै कारखाना खुलेपछि उद्योगहरू ‘अन्डरयुटिलाइज्ड’ छन्” एक जना उद्योगीले भने ।

खस्कँदो निर्यात

२०७२ सालको भूकम्पपछि पुनःनिर्माणको क्रममा सरकारले सिमेन्ट र डण्डी राखेर मात्रै संरचना बनाउनुपर्ने प्रावधान ल्यायो । शहर तथा बजार क्षेत्रमा सिमेन्ट र डण्डी प्रयोग गरेर कयौँ नयाँ निजी घरहरु बने, सार्वजनिक संरचनाको पुनःनिर्माण तथा नवनिर्माणमा सरकारले ठूलो लगानी गर्‍यो ।

त्यतिबेला सिमेन्टको माग बढ्न थाल्यो । यसपछि उद्योगीहरु सिमेन्ट उद्योग खोल्नतर्फ आकर्षित भए । तर, भूकम्पको पुनःनिर्माण करिब करिब सकिएपछि नेपाली बजारमा सिमेन्टको माग कम हुन थाल्यो । यसले उद्योगीहरुलाई वैकल्पिक बजार खोज्न बाध्य बनायो । त्यसपछि पाल्पा, अर्घाखाँची, बालाजी जस्ता सिमेन्ट उद्योगहरुले सीमा क्षेत्रका भारतीय बजारमा सिमेन्ट पठाउन थाले ।

करिब एक वर्ष सिमेन्टको निर्यातले उद्योगी र सरकारलाई हौसला दिएपनि गत आर्थिक वर्षमा भने नेपाली सिमेन्टको निकासी खुम्चियो । आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ६ हजार ८४१ टन क्लिङ्कर निर्यात गरेर नेपालले १ अर्ब ८८ करोड २० लाख ८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

भन्सार विभागका अनुसार सोही आर्थिक वर्षमा २३ लाख ३२ हजार ३७६ टन सिमेन्ट पनि निकासी भएको थियो । जसबाट नेपाली उद्योगीहरुले १ अर्ब ९७ करोड ८ लाख १७ हजार रुपैयाँ भित्र्याएका थिए ।

तर, गत आर्थिक वर्षमा भने सिमेन्ट र क्लिङ्क् दूबैको निर्यात घटेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ४ लाख ९० हजार २७२ टन क्लिङ्कर निर्यात भएको छ । जसबाट ६९ करोड ७३ लाख ७८ हजार मात्रै आम्दानी भएको छ ।

गत आर्थिक वर्षमा सिमेन्टको निकासी पनि ह्वात्तै घटेर ३ लाख ५६ हजार ४७३ टनमा सिमित भएको छ । यसबापत २ अर्ब २१ करोड ९४ लाख १८ हजार आम्दानी भएको छ ।

किन घट्यो निर्यात ?

नेपाली उद्योगीले मात्रै होइन, सरकारले पनि सिमेन्टको खपत बढाउन निर्यातलाई नै उत्तम विकल्प मान्दै आएको थियो । तर, भारतलाई प्रमुख बजार मानिए पनि त्यहाँ प्रवेशका लागि इन्डियन स्ट्याण्डर्ड (बीआईएस) अनिवार्य छ । सुरुमा नेपाली सिमेन्टलाई सहजै बीआईएस दिएको भारतले गत वर्ष नवीकरणमा आनाकानी गर्‍यो ।

नवीकरण प्रक्रिया नै महिनौँसम्म रोकिएपछि सिमेन्टको निर्यात नै ठप्प भएको थियो । यसकारण गत वर्ष भारतमा नेपाली सिमेन्टले मजबुत उपस्थिति जनाउन सकेन । यसमा सरकारको कुटनीतिक पहल समेत नपुगेको उद्योगीहरुको आरोप छ ।

“भारतको एउटा सामान हाम्रो भन्सारमा अड्कियो भने एउटा फोनको भरमा तुरुन्तै सहजीकरण गरिन्छ, तर नेपाली सामान भारतमा जाँदा महिनौँसम्म त्यहाँको स्ट्याण्डर्ड नवीकरण नहुँदा सरकारबाट कुनै पहल नै भएन’ सिमेन्ट उत्पादन संघका एक जना पदाधिकारीले भने, ‘भारतीय बजारमा नेपाली सिमेन्टको माग पनि राम्रो छ, मूल्यमा प्रतिस्पर्धा गर्न अलि गाह्रो भएपनि क्वालिटीका कारणले हाम्रा उत्पादन रुचाउन थालिएको छ । तर, हाम्रो कुटनीतिक पहल कमजोर हुँदा सिङ्गो बजार नै गुम्ने चिन्ता छ ।”

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा...

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक...

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...
spot_img