Wednesday, July 8, 2026
spot_img

काठमाडौँ आईपुग्यो उड्ने कार, नाडा भन्छ ‘असम्भवलाई सम्भव बनाइयो’

spot_img

१७औं संस्करणको नाडा अटोमा प्रदर्शनमा राखिन लागेको उड्ने कार काठमाडौँ आईपुगेको छ । सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाइएको नाडाले जनाएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले साउन २०८२ तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेको घोषणा गरेको हो । बाढीले नाका बन्द भएपछि यसलाई बोकेर भन्सार कार्यालयसम्म ल्याईएको थियो।

नाडाका अनुसार यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन् । नाडाले भनेको छ ‘१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।’

२०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म ( १५ – २४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणका साक्षी बन्न समेत नाडाले आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img