सीजी मोटर्सले एक्सपेङको ‘एक्स–९’ ईभीलाई नेपालमा लन्च गर्ने तयारी गरेको छ । एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले भदौ ३ गतेदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ को अवसरमा एक्स–९ लन्च गर्न लागेको हो ।
८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको यस ईभीले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सर्पोट गर्ने सीजी मोटर्सले जनाएको छ । यसले एक पटकको फुल चार्जमा ४८० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

कम्पनीले गाडीको मूल्य भने गाडी लन्च गर्दा नै सार्वजनिक गरिने जनाएको छ । आधुनिक फिचर्सयुक्त यस मल्टि प्रपोज भेहिकल (एमपीभी)ले नेपाली बजारमा अटोमोबाइल्स प्रेमीहरुको मन जित्ने विश्वास लिइएको छ ।













