Wednesday, July 8, 2026
spot_img

अपि पावरले ५० मेगावाटको नयाँ आयोजना बनाउने, दिव्य ज्योति हाइड्रोको सबै शेयर खरिदको निर्णय

spot_img

अपि पावर लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी प्राप्ति गरेको छ। अपि पावरको साउन २७ गते बसेको संचालक समितिको बैठकले सो कम्पनी र सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको हो।

आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट सो आयोजना निर्माण तथा संचालन गर्न मनासिब देखिएको हुँदा उक्त कम्पनी  प्राप्ती गर्ने निर्णय गरिएको अपि पावरले जनाएको छ । उक्त कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहनेगरी कम्पनी संचालन गर्ने निर्णय बैठकले गरेको छ ।

साथै अपि पावर कम्पनी लिमिटेडले उक्त दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड प्राप्ती गर्नको लागि पूर्णअधिकार सहित कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेलाई पक्षहरु बिच गर्ने करारनामाको मस्यौदा तथा शर्तहरु निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img