बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफांड गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले साउन २६ गते शेयर बाँडफांड गरेको हो ।
कम्पनीले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। रितपुर्वक आवेदन दिनेलाई गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ पनि बिक्री बन्द गरिसकेको छ । अब स्थानीयको आईपीओ बाँडफांड भएपछि कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।









