Tuesday, April 21, 2026
spot_img
spot_img

सकियो नाइमा मोबिलिटी एक्स्पो, कतिले गरे अवलोकन ?

spot_img
spot_img

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । साउन २१ गतेबाट सुरु भएको एक्स्पो साउन २६ गते सोमबार सम्पन्न भएको हो ।

सुरुमा साउन २५ गतेसम्म आयोजना हुने भनिएपनि अवलोकनकर्ताको उत्साह बढेपछि एक्स्पो एक दिन थप गरिएको थियो । एक्स्पोको साउन २१ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।

गाडी हेर्ने, नयाँ नयाँ मोडलबारे रुची राख्ने, गाडीको बारेमा सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरुको उत्साहपूर्ण सहभागीतामा एक्स्पो सम्पन्न भएको नाइमाले जनाएको छ ।

५० अटोमोबाइल्स ब्राण्ड सहभागी भएको एक्स्पोको १ लाख १० हजार भन्दा बढीले अवलोकन गरेको बताइएको छ । आगामी हप्ता पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिइने नाइमाले जनाएको छ ।

समापन कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पो सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् भने उत्साहपूर्ण सहभागीता जनाउने अटोमोबाइल्स प्रेमीहरुलाई पनि धन्यवाद व्यक्त गरेकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...
spot_img