Wednesday, June 24, 2026
spot_img

१३.७१ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, जगेडा कोषमा २० अर्ब

spot_img
spot_img

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १ अर्ब २५ करोड खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १३.७१ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १० करोड थियो। यस अवधिमा कम्पनीको कुल आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। जस मध्ये कम्पनीले शेयर बजारमा ३१ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ।

कम्पनीको प्रति शेयर आम्दानी भने २०.७५ रुपैयाँबाट घटेर १९.३४ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ पनि १७१.४५ रुपैयाँबाट घटेर १६४.२३ रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रहेको छ। कम्पनी जगेडा कोषमा २० अर्ब ११ करोड रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img