Tuesday, April 21, 2026
spot_img
spot_img

५६ वर्षअघि नेपाल भित्रिएको ‘कोरोना’, जसलाई हेर्न दर्शकको घुइँचो लागेको छ

spot_img
spot_img

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा प्रवेश विन्दुबाट एकाध स्टल पारेपछि टोयोटाको स्टल आउँछ । जहाँ भिजिटर्सको अचाक्ली भिड हुन्छ । टोयोटा आफैँमा लक्जरी ब्राण्ड भएकाले अटोमोबाइल्स प्रेमीहरुको नजरमा नपर्ने कुरै भएन । तर, एक्स्पोमा टोयोटाको स्टल त्यसरी गुल्जार हुनुमा भने फरक कारण पनि छ ।

हो, टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेशनले आफ्नो स्टलमा राखेको ५६ वर्ष अगाडी नेपाल आएको टोयोटाको ‘कोरोना’ले सबैको ध्यान खिचेको छ । वैद्य अर्गानाइजेशनले आफूले ल्याएको टोयोटाको पहिलो गाडी प्रदर्शनीस्थलमा राखेपछि अहिले उक्त गाडी हेर्ने, सुम्सुम्याउने र फोटो खिच्नेको भिड लागेको छ ।

‘हामीले इतिहासदेखि अहिलेसम्मको अवस्था देखाउनका लागि हामीले पहिलोपटक नेपाल ल्याएको गाडी प्रदर्शनीमा राखेका हौँ’ नाइमाकी अध्यक्षसमेत रहेकी वैद्य अर्गनाइजेशनकी निर्देशक ऋतुसिंह वैद्य भन्छिन्, ‘यसले केवल टोयोटाको इतिहास मात्रै देखाउँदैन, यसले हाम्रो देशको मोबिलिटीको इतिहास पनि बोकेको छ । जुन अहिले भिजिटर्सहरुले निकै उत्सुकताका साथ अवलोकन गरिरहनु भएको छ ।’

यस्तो छ टोयोटा कोरोनाको नेपालमा इतिहास

हाल वैद्य अर्गनाइजेशन हाँकिरहेका छन् सुरज वैद्यले । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका वैद्य ‘टोयाटा कोरोना’को इतिहासमा फर्किदा निकै भावनात्मक सुनिन्छन् । नहुन् पनि किन, जुन गाडीलाई आफ्ना पीताले पहिलोपटक नेपाल भित्र्याएका थिए, त्यो पनि आफैँले चलाएर । हो, सुरज वैद्यका बुबा विजय गजानन्द वैद्यले उक्त गाडी सन् १९६९ मा भारतको कोलकत्ताबाट आफैँले चलाएर काठमाडौँसम्म ल्याएका थिए ।

त्यसरी नेपाल आएको ‘टोयोटा कोरोना’सँग भावनात्मक सम्बन्ध गाँसिएकै कारण अहिले पनि वैद्यले सो गाडी आफैँसँग राखेका छन् । अर्थात्, बिक्री नगर्ने गरी सजाएर राखेका छन् ।

तर, उक्त गाडी बिक्री नै नभएको भने होइन । जसले किनेर लगेका थिए, उनले सन् २००६ मा ‘टोयोटा कोरोला’सँग आफ्नो पूरानो गाडी टोयोटा कोरोना साटे । त्यसपछि वैद्यले कोरोनालाई सजाएर राख्ने निधो गरेर र अहिलेसम्म आफैँसँग राखिरहेका छन् ।

साढे ५ दशक अगाडी नेपाल आएको सो गाडीलाई यसपाली आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएको छ । ‘अहिले एक्स्पोमा आउने दर्शकमध्ये करिब ७० प्रतिशत जति अवलोकनकर्ताहरु हाम्रो स्टलमा एकछिन भएपनि उभिएर यसलाई (टोयोटा कोरोना)लाई हेरेर, यसबारे आफ्ना जिज्ञासाहरु राखेर मात्रै जानुहुन्छ’ वैद्य अर्गानाइजेशनका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्री भन्छन्, ‘यसले धेरैको ध्यान तानेको छ । यसबाट अवलोकनकर्ताहरुले नेपाली मार्केटमा टोयोटाको इतिहास कस्तो रहेछ भनेर थाहा पाउनु भएको छ ।’

सबै कागजातसहित चिटिक्क पारेर राखिएको टोयोटा कोरोना हेर्ने अवलोकनकर्ताहरु पनि उत्सुकताका साथ स्टलमा रहेका कर्मचारीसँग यसबारे सोधखोज गरिरहेका देखिन्छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img