Tuesday, April 21, 2026
spot_img
spot_img

मोर्बिडेलीद्वारा नेपालमा T352X र T252X बाइक सार्वजनिक, मूल्य कति ?  

spot_img
spot_img

मोर्बिडेली नेपालले आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू T352X र T252X सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको घोषणा गरेको छ। कम्पनीले नाईमा नेपाल मोबिलिटी एक्स्पोमा यी बाइक सार्वजनिक गरेको हो ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने “T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघि बढेका छौं। यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।”

कम्पनीका अनुसार T352X मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू-भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलन प्रदान गर्छ। साहसिक यात्राका लागि भरपर्दो हुने कम्पनीको भनाई छ।

कम्पनीका अनुसार बाइकका मुख्य विशेषताहरू निम्न छन्
• ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन
• ४०.९ एचपी @ ८,५०० आरपीएम | ३१.५ एनएम टर्क
• ६-स्पीड गियरबक्स
• बोश डुअल च्यानल ABS, स्लिपर क्लच
• मोर्बिडेली कनेक्ट एपसँग एकीकृत ७-इन्च TFT डिस्प्ले
• पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन
• १८ लिटर इन्धन ट्याङ्की
शोरूम मूल्य: रू. ९,९७,०००/-
एक्स्पो अफर मूल्य: रू. ९,२३,०००/- (NAIMA एक्स्पो अवधिभर)

त्यस्तै T252X विशेषगरी प्रारम्भिक र युवा राइडरहरूको लागि डिजाइन गरिएको छ, जसले स्टाइल, सहजता र किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको चाह। MORBIDELLI T252X शहरी युवा राइडरहरूको लागि स्टाइल र सुविधा दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस बाइकमा निम्न विशेषताहरू छन्
• २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन
• ३३.५ एचपी @ १२,००० RPM | २१.५ एनएम टर्क
• ६-स्पीड गियरबक्स
• डुअल च्यानल ABS, स्लिपर क्लच
• USD फ्रन्ट फोर्क, १७ इन्च एलोय ह्वील
• TFT डिजिटल डिस्प्ले

मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। “हामी सेवा गुणस्तरमा सुधार ल्याउँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं,” घिमिरेले थपे।

उनका अनुसार नाइमा एक्स्पो अवधि भर स्टल नं. C5 मा पुग्ने आगन्तुकहरूले मोर्बिडेली तथा बेनेलिका मोटरसाइकलहरूमा विशेष छुट पाउन सक्नेछन् । बेनेलिका केही मोडेलमा रू. १ लाखसम्म छुट उपलब्ध छ। साथै निःशुल्क टेस्ट राइड, बुकिङमा उपहार, र विशेष डिलहरू प्राप्त गर्न सकिने उनको भनाई छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img