Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा एक्स्पोमा ‘एमजी’को स्किमः एस–५ किन्दा साढे ३ लाख छुट

spot_img
spot_img

एमजी गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो एस–५ मोडलमा ३ लाख ५० हजारसम्मको छुट दिने स्किम ल्याएको छ । काठमाडौँमा जारी नाइमा मोबिलिटी एक्स्पोमा पारामाउण्टले एमजी–५ मा यस स्किम घोषणा गरेको छ ।

पारामाउण्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीका अनुसार मोबिलिटी एक्स्पोसहित आउँदो चाडपर्वलाई लक्षित गरेर स्किम घोषणा गरिएको हो । जस अनुसार इन्ट्री भेरियन्टमा नगद १ लाख रुपैयाँ छुट दिने गरी स्किम ल्याएको कम्पनीले अब यो भेरियन्ट ४२ लाख ९९ हजारमा उपलब्ध गराउने छ ।

यस भेरियन्टमा १ वर्षको बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने पनि कम्पनीले जनाएको छ ।

लक्जरी भेरियन्टमा भने २ लाख ५० हजार क्यास डिस्काउण्ट दिने भएको छ । अब यो छुटपछि कम्पनीले लक्जरी भेरियन्ट ४७ लाख ४९ हजारमा उपलब्ध गराउने छ । यसमा पनि १ वर्षको बीमा र ७ किलोवाटको एसी चार्जर निःशुल्क दिनेछ ।

डिलक्स भेरियन्टमा पनि कम्पनीले २ लाख ५० हजार नै छुट दिएको छ । अब यो भेरियन्ट ५२ लाख ४९ हजारमा उपलब्ध हुनेछ ।

साथै, आफूसँग भएको पूरानो गाडी एक्सचेन्ज गरेर एमजी एस–५ डिलक्स किन्दा एक्सचेन्ज बोनस अन्तर्गत १ लाख रुपैयाँ पाउन सकिन्छ । नगद छुट र एक्सचेन्ज बोनस गरी यो गाडीमा ३ लाख ५० हजार नगद छुट उपलब्ध हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img