समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २४० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ४९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेर ३३ करोड ७७ लाख पुगेको छ। कम्पनीको संचालन नाफा २३७.९४ प्रतिशतले बढेर १४ करोड ८५ लाख पुगेको छ ।
कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट शिर्षक अन्तर्गत छुट्याएको रकम १ करोड ७० लाख बाट घटेर ५० लाख ६३ हजारमा सिमित भएको छ । इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको देखिन्छ ।
कम्पनीको वितरणयोय मुनाफा ६ करोड ८६ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम १०.९१ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १०.९१ प्रतिशत रहेको देखाउछ ।
कम्पनीको चुक्ता पुंजी ६२ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ११.५३ प्रतिशत बोनस शेयर दिएको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.४२ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १३५.३७ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १०.४८ प्रतिशतबाट घटेर ६.८७ प्रतिशत कायम भएको छ।












