Thursday, July 9, 2026
spot_img

IM 6 : उत्कृष्ट रेञ्ज र आधुनिक फिचर्स सहितको Premium SUV (भिडियोसहित)

spot_img

गाडी भनेको मानिसको साधन मात्रै होइन, सपना पनि हो । हाम्रो जस्तो मुलुकमा त प्रतिष्ठा पनि हो । त्यसकारण मानिसहरु आफूले किन्ने गाडी गजब फिचर्सयुक्त होस् भन्ने चाहन्छन् । साथै, त्यसको ‘आफ्टर सेल्स सर्भिस’ कुनै बाधा नपरोस् भन्ने पनि चाहन्छन् ।

यी सबै विषयलाई ध्यानमा राखेर एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले एमजीको Premium SUV ‘IM 6’ नेपाल भित्र्याएको छ । यो लक्जरी मोडललाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा हेरिएको छ ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्री पनि इन्ट्रि मोडलबाट अपग्रेड चाहने अटोमोबाइल्स प्रेमीहरुका लागि IM 6 गजबको अप्सन बन्ने बताउँछन् । उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभव प्राप्त गर्न सकिने यस ईभी ‘स्मार्ट ड्राइभिङ’को फ्यूचर भएको उनको भनाइ छ ।

७५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा उपलब्ध IM 6 ले प्रतिघण्टा २०० किलोमिटरको गती प्रदान गर्छ । १०९ किलोवाटको मोटर पावर भएको यस ईभीले ४५० एनएम टर्क जेनेरेट गर्ने प्रमाणित छ ।

गाडीको फिचर्सबारे बुझ्न भिडियो हेर्न सकिन्छ । जहाँ महाप्रबन्धक क्षेत्रीले सविस्तार वर्णन गरेका छन् ।

नेपाली बजारमा धमाकेदार रुपमा प्रवेश गरेको यस ईभीको मूल्य ७४.९९ लाखबाट सुरु छ । प्रिमियम क्लासको यस ईभीको मूल्य गाडीको फिचर्सअनुसार प्रतिस्पर्धात्मक बजारमा ठूलो भने होइन । अति नै लक्जरी, गजबको लुक्स र डिजाइनका साथै ‘स्मुथ ड्राइभिङ’ अनुभवका लागि IM 6 उत्तम विकल्प बन्न सक्ने देखिन्छ ।

यति मात्रै होइन, पारामाउण्टको आफ्नै डिलर्स र सर्भिस नेटवर्क छ । IM 6 पनि ति एमजीकै शोरुमबाट बिक्री हुने भएकाले आफ्टर सेल्स सर्भिसमा पनि कुनै चिन्ता नहुने कम्पनीको भनाइ छ । ‘पारामाउण्टको डिलर्स र सर्भिस नेटवर्क देशभरी नै छ, त्यसकारण IM 6 किन्ने ग्राहकहरुले आफ्टर सेल्स सर्भिसको कुनै चिन्ता लिनुपर्दैन’ क्षेत्रीले भने ।

साथै, अब पारामाउण्टले यसको बुकिङ र टेस्ट ड्राइभ पनि सुरु गर्दैछ । त्यसपछि अटोमोबाइल्स प्रेमीहरुले आफैँले टेस्ट ड्राइभ गरेर अनुभव लिन सक्नेछन् ।

भिडियोः

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img