काठमाडौँमा जारी नाइमा मोबलिटी एक्स्पोमा प्रोटोन इमास–७ ईभी खरिदमा ३ लाखसम्म छुट पाइने भएको छ । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्पोमा प्रोटोन इमास–७ मा खरिद गर्दा नगद छुटसहित आकर्षक अफर ल्याएको हो ।
अफरअन्तर्गत २ लाख ९९ हजार सिँधै नगद छुट पाइनेछ । साथै, जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ० प्रतिशत ब्याजदरमा ६० मिनेटभित्र ऋण स्वीकृत गरिने कम्पनीले जनाएको छ ।
यस्तै, ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारन्टी, एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, पूरानो गाडीको उच्चतम मूल्य दिने प्रबन्ध पनि गरिएको छ ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन इमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’













